देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दैनिक १५ हजार वटा सर्जिकल मास्कको उत्पादन सुरु,अब सात रुपैयाँमै पाईने

देशान्तर

काठमाडौं । उद्योगी व्यवसायीले मास्क र स्यानिटाइजर अभाव एक हप्ताभित्रै हल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिसंग मंगलबार भएको छलफलमा तत्कालका लागि उद्योगीले नै मूल्य अभिवृद्धि कर भ्याट ब्यहोर्ने गरी बजारमा सात रुपैयाँमै मास्क उपलब्ध गराउन सकिने जानकारी गराइएको नेपाल चेम्बर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

‘तत्कालका लागि व्यवसायीले भ्याट तिर्ने गरी सात रुपैयाँमा जनताले मास्क पाउने गरी पठाउने जानकारी गराएका छौं’ उनले थपे ‘हुन त कसैले पाँच रुपैयाँमै बेच्छौं पनि भनेका छन् तर हामी देशका सबै क्षेत्रमा पुग्ने गरी मास्कको वितरण थाल्दै छौं ।

छलफलमा चेम्बरको पहलमा दैनिक १५ हजार वटा मास्क उत्पादन सुरु भइसकेको र यसै साताभित्र बजारमा पठाउने जानकारी बैठकमा गराइएको अध्यक्ष श्रेष्ठले बताए । दैनिक १५ हजारका दरले उत्पादन भइरहेको मास्क सबै होलसेल पसल र जिल्ला जिल्लाका चेम्बर कार्यालयमा पुर्‍याएर वितरण गर्ने तयारी भइरहेको पनि श्रेष्ठले बताए ।