देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काेराेना : विराटनगरको रानी नाकामा भ्याए जाँच, नभ्याए पास

देशान्तर

विराटनगर : विराटनगरको रानी नाकामा केही दिनदेखि कोरोना भाइरस संक्रमण परीक्षणका लागि हेल्थ डेक्स राखिएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार हेल्थ डेस्कको सुरुआत गरेका थिए।

सीमा नाका र हवाईमार्गबाट विराटनगर प्रवेश गर्नेको संक्रमण जाँच्न हेल्थ डेक्स स्थापना गरे पनि प्रभावकारी छैन। मन लागे हेल्थ डेक्समा जाने र परीक्षण गर्ने नलागे सरासर नेपाल प्रवेश गर्नेको संख्या नाकामा उच्च छ। स्वास्थ्यकर्मीको संख्या कम र उनीहरू आफैं पनि कोरोना सर्छ कि भनेर डराएका कारण परीक्षण प्रभावकारी छैन।

नाकामा विराटनगर महानगरपालिकाले हेल्थ डेस्क राखेको हो भने विमानस्थलमा सामाजिक विकास मन्त्रालयले महानगर र नागरिक उड्डयन सँगको सहकार्यमा डेस्क राखेको छ।

‘एकैपटक ठूलो भीड आउँछ, सबैलाई चेक गर्न पनि गाह्रै छ’, रानी भन्सारमा खटिएकी अहेव दिलमाया परियारले भनिन्, ‘हेल्थ डेस्क र स्वास्थ्यकर्मीको संख्या कम भयो।’ विमानस्थलको बाहिरिने कक्षअघि डेस्क राखे पनि कोही हात धोएर डेस्क पछिबाट सरासर बाहिर निस्कने गरेको पाइन्छ। रानी नाकामा डेक्सका लागि दुई सिफ्टमा चार स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिइएको छ। अन्नपूर्ण पाेस्टमा खबर छ ।