देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निबर्तमान सञ्चारमन्त्री बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट

देशान्तर

निबर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान विष्फोट भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार ठूलो आवाजसहित भएको थियो । भक्तपुर प्रहरीका अनुसार विस्फोटबाट बाँस्कोटाको घरको पर्खाल र सिसाहरुमा क्षति पुगेको छ भने त्यहाँ राखिएको एउटा मारुती भ्यानमा समेत क्षति पुगेको छ । विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ ।

प्रहरीले बम विस्फोट कसले र किन गरायो भन्ने खुल्न नसकेको जानकारी दिएको छ ।

बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए।