देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौलाको भेट

देशान्तर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले बुधबार भेटेकी छिन् । ‘लिभर आईसीयू’ मा गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे भेटेकी हुन् ।

भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए ।

फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र बुधबार आफैंले दाह्री काटेको प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा भने उल्लेख्य सुधार आएको छ।