देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा चन्द समूहले लियो

देशान्तर

काठमाडौं, । बाँस्कोटाको निर्माणाधीन घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेकोलगायत विभिन्न १० आरोप लगाउँदै विप्लव समूहले बास्कोटाको घरमा भएको विस्फोटको जिम्मा लिएको छ ।

बाँस्कोटाले सेटलाइट खरिद, फोर जी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारमा करोडौँ रुपैंया भ्रष्टाचार गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको लगाएतका आरोप लगाइएको छ ।