देशका मध्य र पश्चिमी भूभागमा आजको मौसममा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।
पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
आज राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने र पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया