काठमाडौ । धनुषाबाट अपहरणमा परेकी एक किशोरीलाई प्रहरीले उदयपुरबाट सकुशल उद्धार गरेको छ।
बुधबार धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का लालबहादुर मोक्तानकी १४ वर्षीया छोरी करिना मोक्तानलाई एक समूहले घरबाटै अपहरण गरेको थियो।
मोक्तानलाई बिहीबार दिउँसो उदयपुरको कटारी नगरपालिका १ खसीबासस्थित जंगलबाट उद्धार गरिएको उदयपुर प्रहरीले जनाएको छ।
अपहरणमा संलग्न रहेका १४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी जानकारी दिए दिए। अपहरणकारी विप्लव समूहका भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ। पक्राउ परेकाहरुबाट ३ वटा चाइनिज पेस्तोल, ११ वटा सकेट बम र एक थान प्रेसरकुकर बम पनि बरामद गरेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया