देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नापी कार्यालय भैरहवाका नापी अधिकृतसहित ६ जना पक्राउ

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकजना नापी अधिकृतसहित पाँचजनालाई १७ लाख रुपैयाँ घुस लिँदा लिँदै पक्राउ गरेको छ।

अख्तियारको बुटवलस्थित टोलीले १७ लाख रुपैयाँ घुससहित नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षकद्वय तिर्थराम भण्डारी, थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा र मतियार राजकुमार आर्याललाई पक्राउ गरेको हो।

उनीहरुले जग्गाको कित्ताकाट गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ। घुस लिएको अभियोगमा सबैजनालाई सिद्धार्थ नगरपालिका(१३ स्थित हटोल अशोका नजिकैबाट समातेको हो।