देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ग्यासको मौज्दात नराख्न सर्वसाधारणलाई सरकारको आह्वान

देशान्तर

काठमाडौं । सरकारले खाना पकाउने एल पी ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपील गरेको छ । आज उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले निकालेको विज्ञप्तिमा मन्त्रालयले हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमितभन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

बजारको बढ्दो माग व्यवस्थापन गर्न कै लागि नेपाल आयल निगमले यस महिनाबाट नियमित खपत बाहेक थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ । दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन प्रभावकारी बनाइएकाले विगतमा झै नियमित तरिकाले मात्र वस्तुहरु उपभोग गर्न मन्त्रालयले अपिल गरेको छ ।