देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल आउने सबै विदेशीले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

देशान्तर

सरकारले शनिबार राति १२ बजेपछि नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ।

उनीहरुलाई विमानस्थलबाट सीधै क्वारेन्टाइनमा पठाइने महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

अनअराइभल भिसा दिन नै बन्द गरिएको छ ।
त्यस्तै विदेशबाट आउने नेपालीलाई घरमै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्न भनिएको छ।

नेपाली पनि अत्यावश्यक काम र स्वास्थ्य रिपोर्ट देखाए मात्र नेपाल आउन पाउने भएकाले आइतबारेखि नै सबै उडान प्रभावित हुनेछ।