देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना रोक्न हामीले अनेकौँ उपाय अपनाएको छौँ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौ  – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रका नेताहरुसँगको भिडियो कन्फ्रेन्समा सम्भावित महामारीको जोखिमलाई बुझेर त्यही अनुसारको तयारी गरेको बताएका छन्।

भिडियो कन्फ्रेन्स महत्वपूर्ण र समय सान्दर्भिक रहेको उनले बताए। कन्फ्रेन्स आयोजना गरेकोमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए। आफूलाई स्वास्थ्यलाभको कामना गरेकोमा पनि उनले नेताहरुलाई धन्यवाद दिए।

ओलीले नेपालमा एक जनामान शंकास्पद कोरोना देखिएको तर अहिले संक्रमण नरहेको पनि स्पष्ट पारे।

‘हामीले संभावित महामारीको जोखिमलाई बुझेका छौं,’ ओलीले भने, ‘तयारीका लागि हामीले कयौँ उपाय अपनाएका छौँ।’

उनले पर्यटकलाई अनअराइभल भिसा रोकेको, विदेश जानेलाई श्रम स्वीकृति बन्द गरेको, केन्द्र, प्रदेश र स्थानीय तहमा भाइरस रोकथामका लागि समिति बनाएको लगायत तयारीबारे पनि जानकारी दिए।