देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कपन क्षेत्रबाट प्रहरीद्धारा १ लाख बढी मास्क बरामद

देशान्तर

काठमाडौं । प्रहरीले कपन क्षेत्रबाट एक लाखभन्दा बढी मास्क बरामद गरेको छ । मास्क भए पनि लुकाएर राखेको जानकारी पाएपछि आइतबार कपन क्षेत्रका फार्मेसी र सप्लायर्समा प्रहरीले छापा मारेको थियो ।

कोरोना भाइरसको संक्रमण बढेपछि बजारमा मास्कको माग बढेको छ । यही मौका छोपेर कालोबजारी बढेपछि प्रहरीले सुरु गरेको सर्च अप्रेसन जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यसअघि शनिबार काठमाडौंका स्वयम्भु क्षेत्रबाट ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका थिए ।