देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना भाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउ : पौडेल

देशान्तर

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।

कोरोनाको विश्वव्यापी महामारी फैलिरहेको उल्लेख गर्दै नेता पौडेलले संक्रमण भित्रन नदिन सतर्कता अपनाउनुपर्ने बताएका हुन्। सोमबार विज्ञप्ति निकालेर पौडेलले अत्यावश्यक काम परे टेलिफोनमा कुराकानी गर्न सकिने बताएका छन्।

रोगले आक्रान्त पार्नु अघि नै सावधानी अपनाउन उनले आग्रह गरेका छन्। ‘हामी नेपालीहरूले पनि रोगले आक्रान्त पार्नु अगावै सावधानी अपनाउनु आवश्यकता महशुस गरी म आह्वान गर्छु- अत्यावश्यक काम/कुराकानी टेलिफोन सम्पर्कबाटै सुरू गरौं।’

प्रमुख प्रतिपक्षी कांग्रेसले फागुन २१ गते पत्रकार सम्मेलन गर्दै अर्को सूचना जारी नहुञ्जेल पार्टीका कार्यक्रम नगर्न आग्रह गरेको थियो। कांग्रेसले भातृ संस्थालाई कोरोनाभाइरसबारे सतर्कताबारे गाउँदेखि सहरसम्म सचेतना अभियान सञ्चालन गर्न पनि निर्देशन दिइसकेको छ।