देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बास्कोटाको फाइल देउ: अख्तियार

देशान्तर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादास्पद सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारेका प्रमाणदिन मन्त्रालयलाई भनेको छ । अख्तियारले केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयललाई पत्र पठाएर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल माग गरेको हो ।

सुरक्षण मुद्रण खरिद सम्बन्धमा कमिसनको चर्चा भएको अडियो टेप सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट गोकुल बास्कोटाले राजीनामा दिएका थिए । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पनि यो प्रकरणमा छानविन भइरहेको बताएका छन् । अख्तियारका तीन जना अधिकारीले अहिले यो प्रकरणको अनुसन्धान गरिरहेका बताइएको छ ।

स्वीटजरल्याण्डको एक कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले सुरक्षण मुद्रण खरिद प्रक्रियामा छलफल हुँदा मन्त्री बास्कोटाले करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यस सम्बन्धि अडियो टेप सार्वजनिक गरेका थिए ।

आफुमाथि प्रश्न उठेको भन्दै मन्त्री बास्कोटाले तत्कालै पदबाट राजीनामा दिएर यसमाथि छानविन गर्न आग्रह गरेका थिए । तर सुरक्षण मुद्रण खरिद प्रक्रिया नै विवादमा परेर प्रक्रिया अगाडि बढेको छैन । प्रवक्ता कोइरालाले अनुसन्धान भइरहेकाले निष्कर्षमा पुग्न बाँकी रहेको बताएका छन् ।

क्जब