काठमाडौ । हालै मलेसियाबाट फर्केका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमणको आशंका भएपछि उनलाई असप्ताल भर्ना गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका ती युवालाई उच्च ज्वरो रुखाखोकी देखिएपछि अस्पताल भर्ना गरिएको चिकित्सकले बताएका छन् ।
धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको र नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिएका छन् ।





प्रतिक्रिया