देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा ओली–दाहालबीच भेटवार्ता जारी

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा अहिले भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता चलिरहेको हो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् ।

उनले यसअघि पनि गत शनिबार प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उनको -ओलीको – स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जानकारी दिए ।