देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ काे नामाकरण मतदानबाट पनि टुंगिएन, अबकाे प्रक्रिया के त?

देशान्तर

प्रदेश २ ले मधेश प्रदेश नाम पनि पाउन सकेन । सहमति प्रक्रियाबाट टुङ्गो लाग्न नसकेपछि गोप्य मतदान प्रक्रियामा गए पनि मधेश प्रदेशले दुई तिहाई मत ल्याउन सकेन ।

प्रदेश सरकार गठन भएको दुई वर्षपछि नामाकरणका लागि मङ्गलबार भएको मतदानमा सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रुपमा प्रस्ताव गरेको मधेश प्रदेश नामको पक्षमा मात्र ६० मत हासिल गरेको छ ।

यसअघि प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र काँग्रेसको मिथिला भोजपुराको पक्षमा २८ र असन्तुष्ट सांसदहरुको मध्य मधेश प्रदेशले ४२ मत पाएकाे थियो ।

चुनाव प्रक्रिया अनुसार जुन नाम र स्थायी राजधानीमा दुई तिहाइ अर्थात् ७२ मत प्राप्त गर्छ त्यही नाम नै सदर हुने थियो । तर चार वटै प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि स्वतः अस्वीकृत भएको छ । कुनै पनि प्रस्तावमा दुई तिहाइ मत नआएपछि फेरि प्रस्ताव दर्ता गरी सहमति जुटाउने र गोप्य मतदान सहितका अर्को चरणको प्रक्रियामा जानेछ ।

चुनाव प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान सुरु हुँदै मधेश प्रदेशको नाम गरी चार चरणमा मतदान सम्पन्न भएको थियाे । अब स्थायी राजधानीको लागि चुनाव हुनेछ ।

प्रदेश २ मा एक सय सात सांसद रहेकोमा सङ्घीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२ र काँग्रेसका १९ जना सांसद रहेका छन् ।