देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यात्रुसँग तोकिए भन्दा बढी भाडा  लिने २३ जना पक्राउ

देशान्तर

काठमाडौं । यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा प्रहरीले काठमाडौंबाट २३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बाहिर जाने यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको आरोपमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणले विश्वभर महामारीको रुप लिन थालेपछि राजधानी उपत्यकाबाट सर्वसाधरण नागरिकहरु बाहिरिने क्रम बढेको छ ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।