देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना विरुद्धको लडाइँमा सरकारलाई पूर्ण सहयोग छ : कांग्रेस

देशान्तर

काठाण्डौ । नेपाली कांग्रेसले कोरोना भाइरस ९कोभिड९१९० विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ । कांग्रेसले कोरोना भाइरसविरुद्ध सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाइँका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए । शर्माले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताए । चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नवीकरणका कामहरु रोकिएको उनले बताए ।

फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनासम्बन्धी सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताए ।

सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र १० गतेबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ । त्यसैगरी चैत ९ देखि १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय पनि गरिएको छ ।