देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाकाे आशंकामा भारतबाट फर्किएका दुई जना अस्पताल भर्ना

देशान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमण भएको आशंकामा दुईजनालाई महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएको छ । भारतबाट गड्डाचौकी नाका भएर स्वदेश फर्किने क्रममा स्वास्थ्यजाँचका उनीहरुलाई ज्वरो आएको पाइएपछि महाकाली अञ्चल अस्पताल लगिएको हो ।

दुवै जना पुरुष रहेको र उनीहरुको तापक्रम सयभन्दा माथी रहेकाले अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासीनीले जानकारी दिए ।

पछिल्लो समय ज्वरो देखिएपछि कोरोनाको आशंकामा स्वास्थ्य जाँच गरिँदै आएको छ । अहिलेसम्म नेपालमा कोरानाको संक्रमण देखिएको छैन ।