देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बनेपामा मिनि ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

देशान्तर

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ ।

बा ५ ख २३९० नम्बरको मिनि ट्रकले बा ५७ प ७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर रौतमाई गाउँपालिका–४ का ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको हो । मिनबहादुरकी श्रीमती सुनिता श्रेष्ठको स्थानीय शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बनेपाबाट साँगातर्फ जाँदै गरेको मिनि ट्रकले काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।