देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बहराइनमा तीन जना नेपालीमा कोरोना सङक्रमण

देशान्तर

काठमाण्डौ – बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत सुन्दारले आग्रह गर्नुभयो ।

सुरक्षा सतर्कता अपनाउने र बहराइन सरकारले सबै विदेशी नागरिकलाई आफ्नै नागरिक सहर उपचार व्यवस्था गरेकाले नडराउन र नआत्तिन पनि उहाँको आग्रह छ ।

अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।