देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना रोकथाममा सांसद् दिव्यमणिको ५ लाख सहयोग

देशान्तर

नेपाली कांग्रेसका सांसद् दिव्यमणि राज भण्डारीकाे काेराेना भाइरस राेकथामका लागि सरकारले स्थापना गरेकाे काेषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने घाेषणा गरेका छन् ।

प्रतिनिधि सभाकाे बैठकमा नियमित जसाे काेराेना बारे सरकारलाई दबाब दिँदै आएका सांसद् भण्डारीले शुरुदेखि नै लकडाउन गरेर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै आएका थिए ।

सरकारले आइतबार काेराेना भाइरस राेकथामका लाथि काेष स्थापना गर्ने निर्णय गरेकाे थियाे । सरकारकाे निर्णयकाे स्वागत गर्दै कांग्रेस सांसद् राजभण्डारीले ५ लाख जम्मा गर्ने घाेषणा गरेका हुन् ।

साथै उनले सहयाेग गर्न अरुलाई पनि आग्रह गरेका छन् ।