देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना कोषमा सांसद् प्रदीप यादबले दिए एक महिनाको तलब

देशान्तर

वीरगन्ज, १० चैत । पर्सा क्षेत्र नम्बर एकका सांसद् प्रदीप यादवले कोरोना कोषमा १ महिनाको तलब सहयोग गर्ने भएका छन् ।

विश्वव्यापी महामारीको रुपम लिएको कोरोना भाइरसविरुद्धको अभियानका लागि सरकारले कोरोना कोष खडा गरेको थियो । जसमा मन्त्रीहरुले यसअघि नै एक महिनाको तलब दिने घोषणा गरिसकेका छन् ।

अहिले उक्त कोषमा रकम जम्मा गर्ने क्रम शुरु भइसकेको छ । यस्तैमा समाजवादी पार्टीका केन्द्रीय सदस्य यादवले कोषमा एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

नेपाललमा अहिलेसम्म एक जनालाई मात्रै कोरोनाको पुष्टि भए पनि उनी पूर्णरुपमा ठीक भइसकेका छन् । अन्य नयाँ संक्रमित नदेखिए पनि यसको त्रास भने बढ्दो छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले भारत पनि प्रभावित भएको छ ।

छिमेकी दुवै मुलुकमा यसको प्रभाव रहेकाले नेपालमा पनि अहिले लक डाउन गरिएको छ भने सरकारले कोरोना कोष नै खडा गरेको छ ।