देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन

देशान्तर

काठमाडौं । संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

सोमबार सिंहदरबारमा बसेको बैठकले पाण्डेको नाम अनुमोदन गरेको समितिको सचिवालयले जनाएको छ। पाण्डेविरुद्ध १० दिने समयअवधिमा एउटा पनि उजुरी नपरेपछि संसदीय सुनुवाइमा सर्वसम्मत अनुमोदित भएका हुन्।

सरकारले गत फागुन १८ गते चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई सिफारिस गरेको थियो। पाण्डेलाई उत्तर कोरिया तथा म‌ंगोलियाको गैरआवासीय राजदूतमा पनि सिफारिस गरिएको छ।