देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजी गाडी लामो दुरीमा पनि चल्न पाउने

देशान्तर

काठमाण्डौ – सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । तर निजी गाडीलाई भने चलाउन दिने भएको छ ।

कोभिड १९ को जोखिम बढ्दै गएकाले सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडीमा रोक लगाएको हो । निजी गाडीलाई भने अहिलेसम्म रोक नलगएकोे यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले काठमाण्डौबाट लामो दुरीमा छुट्ने बसलाई चलाउन दिइएको छैन । यस्तै एउटै जिल्लाभित्र गाडी चलाउन पाए पनि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी चलाउन नपाइने उहाँले बताउनुभयो । यसैबीच कोरोना भाइरसको जोखिम बढेपछि काठमाण्डौ उपत्यका पनि सुनसान जस्तै बन्न थालेको छ ।