देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलिदेखि अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी

देशान्तर

काठमाडौँ — सरकारले भोलि म‌ंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने तयारी गरेको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने तयारी भएको उच्च सरकारी स्रोतले बतायो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गर्ने तयारी रहेको स्रोतले बतायो।

समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदल संयोजकको बैठकले यस्तो निर्णय गर्न सिफारिस गरेको हो। स्रोतका अनुसार अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै ‘स्ट्यान्डबाइ’मा बस्ने निर्देशन दिने सल्लाह कार्यदलमा रहेका मन्त्रीहरुले संयोजक पोखरेललाई दिएका हुन्।