देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउनको दोस्रो दिन आज

देशान्तर

विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा एक साताका लागि लक डाउन गरिएको छ । मंगलबारदेखि शुरु भएको लकडाउन आज पनि जारी रहेको छ । लक डाउनका कारण काठमाडौं उपत्यकासहित देशभरका मुख्य मुख्य सहरहरु सुनसान रहेका छन् ।

सार्वजनिक सवारी साधानहरु चलेका छैनन् भने अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालनमा आएका छन् । नेपालमा एक जनालाई अहिलेसम्म कोरोना संक्रमणको पुष्टि भएको छ भने विश्वव्यापीरुपमा यसको महामारी फैलदो क्रममा रहेको छ ।
लकडाउनलाई सफल बनाउनका लागि सरकारले सुरक्षाकर्मीको उपस्थिति भने बढाएको छ ।
लकडाउन उल्लंघन गर्न खोज्ने केहीलाई प्रहरीले सम्झाएर पठाएको छ ।

चन्द्रागिरीमा लकडाउनमा पसल खोलेका कारण एक जनालाई नियन्त्रणमा लिएको छ भने त्यसबाहेक कसैलाई पनि नियन्त्रणमा नलिएको प्रहरीले जनाएको छ । ९ जनालाई मापसे गरी झैंझगडा गर्नेलाई पक्राउ गरेको छ । काठमाडौंबाट ५, ललितपुरबाट २ तथा भक्तपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब निरीक्षक गान्धी श्रेष्ठका अनुसार समग्रमा कुनै अप्रिय घटना हुन नपाएको र सर्वसाधारणले लकडाउनलाई पालना गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक लोकबहादुर विष्टका अनुसार लकडाउनको दोस्रो दिन सवारी साधन सडकमा फाटफुट देखिएका छन् । अनुमति लिएर चलाउने सवारीमात्र देखिएका छन् ।