काठमाडौं । हङकङबाट नेपाल आएका नेपाली मूलका एक बेलायती नागरिक त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन् । अध्यागमनले नेपाल प्रवेश गर्न अनुमति नदिएपछि उनी विमानस्थलकै डिपोर्ट कक्षमा अलपत्र परेका हुन् ।
त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले उनी विदेशी नागरिक भएको र विदेशी नागरिकलाई प्रवेशको अनुमति नभएकाले रोकिएको तर्क गरेको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वराज पौडेलले विदेशी नागरिकलाई नल्याउन भन्दा भन्दै अटेरी गरेर ल्याइएकाले अनुमति नदिएको बताए ।
अलपत्र परेका बेलायती नागरिक नेपाल एयरलाइन्सको विमान भएर काठमाडौं आएका थिए । महानिर्देशक पौडेलले ती व्यक्तिको सबै जिम्मा एयरलाइन्सले नै लिएको बताए ।
नेपाल एयरलाइन्सले भने उनीसँग हङकङको काउन्सिलरले दिएको भिसा अनुमति भएकाले नेपाल ल्याएको बताएको छ





प्रतिक्रिया