देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भयावह हुने भो परीक्षणको गति बढाउँ : गगन थापा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका नेरेका छन् । थापाले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्र ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

पत्रमा थापाले एक साताको सीमाबन्दी र लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आवस्यक देखिएको भन्दै यसका लागि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने र धरान, पोखरा,नेपालगञ्ज लगायतमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले यो पनि पर्याप्त नहुने भन्दै कम्तिमा पनि हरेक प्रदेशमा तत्काल परीक्षणको व्यवस्था गर्न माग गरे । प्रयोगशालाका अधिकारीहरुले काठमाडौं बाहिर दर्जनौं ठाउँमा थोरै दिनमा परीक्षण सुरु गर्न सकिने भन्दै थापाले त्यसलाई सुन्न र मापदण्ड पुगेका निजी प्रयोगशालाहरुमा पनि परीक्षण सुरु गर्न आग्रह गरेका छन् ।