देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दुबईबाट नेपाल आएका थिए तेस्रा कोरोनाभाइरस संक्रमित

देशान्तर

काठमाडाैँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलेकाे छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।

दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो । गत चैत ४ गते  फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो ।