देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाविरुद्ध लड्न १७ करोडको मेडिकल सामग्री खरिद गर्दै नेपाली सेना

देशान्तर

काठमाडाैँ । नेपाली सेनाले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा आवश्यक १७ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको छ। तत्कालै खरिद गर्नु परेकोले दू्रतमार्गबाट खरिद प्रक्रिया अघि बढाइएको नेपाली सेनाले जनाएको छ।

कोरोना भाइरसको उपचारका लागि तत्काल मेडिकल सामग्रीहरू आवश्यक परेको छ। यसको लागि १७ करोडका मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाइएकाे नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

मेडिकल सामग्री खरिदका लागि बुधबार बोलपत्र आह्वान गरिएको उनले जनाए। मेडिकल सामग्री खरिद गर्न सरकारले सेनालाई १० करोड रुपैयाँ उपलब्ध गराएको छ भने आफ्नो बजेटबाट ७ करोड रुपैयाँ सेनाले खर्च गर्ने भएको छ।

एन-९५ मास्क, पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई) लगायतका मेडिकल सामग्री हामीलाई तत्काल आवश्यक परेको छ।