देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता बस्नेतद्वारा सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री बितरण

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को आशंकामा स्वास्थ्य संस्थामा परीक्षणका लागि आएका बिरामीको उपचारमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामग्री अभावलाई ध्यानमा राखेर पूर्बमन्त्री बस्नेतको पहलमा आवश्यक सामग्री वितरण गरिएको हो ।

बाह्रविसे नगरपालिकाका प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसे र क्षमादेवी स्वास्थ्य चौकीमा सेनीटाइजर,साबुन माक्स, ग्लोब्स, एप्रोन लगायतका सामग्री स्वास्थ्य केन्द्रमा पुगेर उनले हस्तान्तरण गरेका थिए । त्यस्तै सिटामोल, स्वास्थ्यकर्मीहरुका लागि डिस्पोजल क्यापसहित करिब १० लाख मुल्य बराबरको सामग्री स्वास्थ्य चौकीहरुमा हस्तान्तरण गरिएको छ ।

बाह्रविसेस्थित प्राथामिक स्वास्थ्य केन्द्र सिन्धुपाल्चोक निर्बाचन क्षेत्र नम्बर १ को उच्च सुविधायुक्त स्वास्थ्य केन्द्र भएपनि सामग्री अभावमा स्वास्थ्यकर्मीलाई समस्या भएपछि सबैसँग सहयोग मागेर सामग्री वितरण गरिएको पुर्वमन्त्री बस्नेतले जानकारी दिए ।

बस्नेतले प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेका डा. सिर्जना महर्जनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। संकटका बेला सबै राजनीतिक दल र स्थानीय सरकारका प्रमुखले सहयोग गर्नुपर्ने बस्नेतले बताए ।