देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना प्रकोप : संक्रमितको संख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै

देशान्तर

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अमेरिकामा सबैभन्दा धेरै पुगेको छ ।   पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ९५ व्यक्तिमा कोरोनाको नयाँ संक्रमण पुष्टि भएपछि अमेरिका विश्वमै सबैभन्दा बढी संक्रमित भएको देश बनेको हो ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ । चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ । ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए । राष्ट्रिय स्तरमा आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेका छन् ।

विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ । इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ । त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ । फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ । संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ । करिब २३ हजार मानिसको ज्यान गइसकेको छ ।