देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लकडाउन : एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा यात्रु आवतजावत गरेको पाइएपछि थप कडाइ गरिने

देशान्तर

काठमाडाैं, १४ चैत । कोरोना भाइरसको महामारीसँगै  सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट शहरका चोक(चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ । अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।

सडकमा अत्यावश्यक वाहेक अरु सवारी साधन गुडेका छैनन् । हिजो अस्ति जस्तै लकडाउनको अवज्ञा गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने प्रहरीले जानकारी दिएको छ । लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने काम तीव्र बनाएको छ ।

अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणवट वच्न विहिवारवाट विशेष सावधानी अपनाइरहेका छन् । प्रहरीहरु पञ्जा र मास्क सहित ड्युटीमा खटिएका छन् । आवतजावत गर्ने यात्रु र सवारी साधनवाट करिब एक मिटरको दुरी कायम गर्दै प्रहरी ड्युटीमा खटिएका छन् ।