देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली अस्पताल भर्ना

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । गए राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उनको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।

उनलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उनी अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए । तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिएका थिए ।