काठमाडौं। कोरोना भाइरसको आशङ्कामा परीक्षणका लागि दोलखाबाट काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ।
प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामीमध्ये कोरोनाको आशङ्कामा पाँच जनाको स्वाब परीक्षणका लागि टेकु पठाइएकोमा पाँचै जनाको रिर्पोट नेगेटिभ देखिएको दोलखाका जनस्वास्थ्य अधिकृत विभु झाले बताउनुभयो।





प्रतिक्रिया