देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीमा भेटिए चौथो कोरोनाका संक्रमित

देशान्तर

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। काठमाडौं उपत्यका बाहिर कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको डा देवकोटाका अनुसार ती व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।  नमुना परिक्षण गर्दा शुक्रबार कोरोना संक्रमण देखिएको देवकोटाले बताए।

दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले साँझ आकस्मिक ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८ सय २ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो। तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

चौथो संक्रमित देखिएको जानकारी दिन आयोजिक आकस्मिक पत्रकार सम्मेलनमा विदेशबाट नेपाल आएका सबैलाई क्वारेन्टीनमा बस्न सरकारले आग्रह गरेको छ। अन्य संक्रमित समेत हुनसक्ने भन्दै देवकोटाले लकडाउनको पालना गर्न आग्रह गरेका थिए।