देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा कोरोना परिक्षण गर्न आउनेको संख्या बढ्दै

देशान्तर

चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने विरामीको संख्या बढ्दै गएको छ ।अस्पताल संचालनमा आएको एक सातामै एक सय ४७ जनाले सेवा लिएका छन् । अस्पतालमा शुक्रबार मात्रै १९ जनाको स्वास्थ्य जाँच भएको छ ।

स्वास्थ्य जाँच गरेकामध्ये दुईजना शंकास्पद विरामीलाई भर्ना गरिएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए । फ्रान्सबाट आएकी एक युवतीमा कोरोना देखिएपछि उनी आएको जहाजमा नेपाल आएकामध्ये चितवनमा रहेका पाँच जनासहित अन्य ११ जनाको नमूना काठमाडौं पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता आधिकारीले बताए ।