काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण कोरोना संक्रमण नियन्त्रणका लागि सरकारको पूर्व तयारी फितलो देखिएको छ । संक्रमित उपचारमा प्रत्यक्ष सम्लग्न चिकित्सिकहरुले स्तरिय मास्कसहित पीपीई आवस्यक भएको र यो नहुँदा चिकित्सकहरुनै जोखिममा पर्ने खतरा बढ्दा पनि सरकार अहिले आएर भएका सामाग्रीबाटै काम चलाउन दवाद दिइरहेको छ ।
दोस्रो पटक मिर्गाैला प्रत्यारोपणपछि बालुवाटारमै नियमित उपचारमा बस्नुभएका प्रधानमन्त्री ओलीको मुटुमा समस्या भएर अस्पताल भर्ना भएकै दिन भरपर्दो भनिएको टेकु अस्पतालमा कोरोना उपचार सम्बन्धी भइरको तयारी पनि फितलो देखिएको हो । टेकु अस्पतालमा अहिले दुइजना मात्रै संक्रमित र ११ जना क्वारेन्टाइनमा छन् । तर, संक्रमित व्यक्तिको सूचना दिने क्रममा लापर्वाही गरेको भन्दै अस्पतालमाथि नै प्रश्न उठको छ ।
कोरोना भाइरस र उपचारका लागि आवस्यक उपकारणका विषयमा जानकारी समेत नराखेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सर्वत्र आलोचना भइरहेका बेला सरकारले टेकु अस्पतालमा गरेको तयारी र बढ्दो वेथीति प्रति चिकित्सकहरुले प्रश्न उठाएका छन् । अस्तालमा भइरहेको तयारीबारे जानकारी दिदै वरिष्ठ चिकित्सक डा.सागरकुमार राजभण्डारीले स्तरिय मास्क र पीपीई विना संक्रमितको उपचारमा जान नसकिने बताउनुभयो ।





प्रतिक्रिया