देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनकाे समय थप्ने तयारी

देशान्तर

सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज पनि ल्याउने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण लागू गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले सहयोग प्याकेज घोषणा गर्न लागेको हो ।

आज बस्ने मन्त्रीपरिषद बैठकबाट यसलाई अन्तिम रुप दिने तयारी छ । सरकारले ल्याउन लागेको आर्थिक प्याकेजमा विषयमा हिजो प्रधानमन्त्री केपी ओली र कोभिड १९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलविच पनि छलफल भएको थियो ।

त्यस्तै सरकारले एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने भएको छ । उच्चस्तरीय समन्वय समितिको बैठकले चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि घोषणा गरेको लकडाउनको समय बढाउने तयारी गरेको हो ।

छिमेकी भारतले तीन साता लामो लकडाउन गरेकाले नेपालमा पनि समय लम्ब्याउने तयारी छ । हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने तयारी गरिएको हो ।

लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी अघि बढाउन समेत गृह मन्त्रालयले सबै जिल्लालाई यसअघि नै निर्देशन दिइसकेको छ ।