देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ८ दिन लक डाउन लम्बियो, २६ गते बिहानसम्म

देशान्तर

काठमाडौँ । सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो।

आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थप आठ दिन देशभर लक डाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

समन्वयन समितिको बैठकमा लक डाउनको अवधि बढाउने विषयमा सबै मन्त्रीहरु सहमत भए पनि कति थप्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्ने निष्कर्षमा पुगेको थियो।

भारतमा वैशाख ३ गतेसम्म लक डाउन घोषणा गरिएको अवस्थामा नेपालमा पनि त्यति नै अवधि गर्नुपर्ने आवाज उठिरहेको छ। नेपालमा हालसम्म पाँच जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानहरु अप्रिल १५ सम्म स्थगन गरिनेछन्।