देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वसाधारणलाई निर्ममतापूर्वक कुट्ने सशस्त्र प्रहरी हवल्दार निलम्बनमा

देशान्तर

काठमाडौं । भारतीय सीमा क्षेत्रबाट खाद्यान्‍न लिएर आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार मनोज चौधरीलाई निलम्बन गरिएको छ ।

६ नम्बर गण सप्तरीमा कार्यरत् रहेका हवल्दार चौधरीलाई गणले निलम्बन गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बताए । लकडाउनको समयमा भारतीय सीमा क्षेत्रबाट सामान किनेर  फर्किरहेका बलान बिहुल गाउँपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई नदी किनारमा सशस्त्र प्रहरीका जवानले कुटपिट गरेका थिए ।

उनीहरुलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो । भिडियो सार्वजनिक भएलगत्रै सशस्त्र प्रहरी बलले गणपतिलाई निर्देशन दिएर छानबिन गर्न भनेको थियो । हवल्दार चौधरीलाई निलम्बन गरेर आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । हवल्दार चौधरीले पहिले एकजना युवकलाई लाठीले पिटेका छन् ।

पछि दुवैजनालाई घोप्टो पर्न लगाएर ढाडमा कुटपिट गरेका छन् । कान समात्न लगाएर उनीहरूलाई नदी किनारको बालुवामा घिस्रिन लगाएर कठोर यातना समेत दिइएको भिडिओमा देखिन्छ ।