देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सङ्कटमा देश सम्झेर आएकाप्रति राज्य निर्दयी बन्न मिल्दैन : युवा नेता पौडेल

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सङ्कटमा देश सम्झेर आएकाहरू प्रति सरकार निर्दयी बन्न नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै नेता पौडेलले सङ्कटमा देश सम्झेर आएकाहरू प्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्न नमिल्ने स्मरण गराएका हुन् ।

नागरिकलाई प्रवेशमा रोक लगाएर नागरिक हक खोस्न नपाइने पनि उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘धार्चुलातिरबाट नेपाल प्रवेश गर्न खोज्नेहरू नेपाली हुन् । उनीहरूको प्रवेशपछि संक्रमण फैलन नदिनका लागि सचेत हुन आवश्यक छ ।’

उनले अगाडि लेखेका छन्, ‘तर नागरिकलाई प्रवेशमा रोक लगाएर नागरिक हक खोस्न पाइँदैन । सङ्कटमा देश सम्झेर आएकाहरूप्रति सहयोगी हुनुपर्नेमा तिरस्कार गरेर राज्य निर्दयी बन्न मिल्दैन ।’