देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण अमेरिकामा अर्का एक जनाको मृत्यु भएको छ। ७१ वर्षीय नेपाली नागरिकको कोलोराडोमा निधन भएको अमेरिकास्थित नेपाली संघ संस्थाहरुले जनाएका हुन् ।

कोरोना भाइरसबाट संक्रमित उनलाई एक साताअघि कोलोराडोको एक अस्पतालमा भर्ना गरिएको थियो । नेपाली दुतावासले विहीवार नेपाली समुदायसँग आयोजना गरेको कन्फरेन्स कलमा कोलोराडोबाट यसको जानकारी गराइएको थियो ।

करिब १० हजार मानिस बसोबास गर्ने कोलोराडोमा अरु दुई नेपालीलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।कोरोना भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुने दोश्रा ती व्यक्तिका नाम भने सार्वजनिक गरिएको छैन ।