देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अलपत्र २५० मजदूरको उद्धार

देशान्तर

भोजपुर । कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ ।लकडाउनका कारण अलपत्र  २५० जनालाई जिल्ला प्रशासन कार्यालयले उद्धार गरेर आआफ्ना घर पठाएको हो ।

त्यस्तै मजदूरलाई पुर्‍याएर फर्केको बसमा भोजपुर घर भई काठमाडौं, इटहरी, धरानलगायत ठाउँमा बस्दै आएका ६१ जनाको स्वास्थ्य परीक्षण गरेर अवस्था सामान्य पाइएपछि छाडिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको उनले जानकारी दिए । जिल्लामा करीब तीन महिनालाई पुग्ने खाद्यान्न भण्डारमा रहेको प्रजिअ पुरीले जानकारी दिए ।

‘भोजपुरमा कोरोनाको कारण आत्तिनुपर्ने अवस्था छैन, बाहिर नपठाउने हो भने तीन महिनालाई पुग्ने खाद्यान्न स्टक छ, अन्य तेल, नुनसँंगै पेट्रोलियम पदार्थको पनि  जिल्लामा अभाव छैन’’, उनले भने ।