देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोना पुष्टि भएकी ६५ वर्षीया महिलाको उपचार सुरु, अवस्था सामान्य

देशान्तर

बाग्लुङ । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजोनै आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनी चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन ।

उनी बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी थिइन् । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नदेखिएको भन्दै उनको स्वावको नमुना संकलन गरिएको थिएन ।

बागलुङमा जोखिम बढ्दै गएपछि एउटै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो । संक्रमित बाग्लुङकै अर्की युवती र उनी सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि कतार एयरवेजको फ्लाइट नम्बर ६५२ बाट नेपाल आएका दुई युवतीमा पनि संक्रमण भेटिएको थियो ।