देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौधरी फाउन्डेसनले ल्यायो चीनबाट स्वास्थ्य सामग्री

देशान्तर

काठमाडौं । मेडिकल सामग्री लिन चीनको ग्वाङ्झाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको ए-३३० जहाज शुक्रबार बिहानपख करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सो जहाजमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर, त्यसमा के कति सामान छन् भन्नेबारे अझै यकिन भएको छैन । सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेका थिए ।

सो जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको थियो । यसअघि नेपाल सरकारको मेडिकल सामग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो । बिना प्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।