देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरा : पहिलो टेष्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि टेकु पठाइयो

देशान्तर

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा एक व्यक्तिको पोजेटिभ रिपोर्ट आएको छ ।

रिपोर्ट आएपछि उनको थ्रोट स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । पोखरामा हालै मात्र ल्याब स्थापना भएको हो ।

भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । तर काठमाडौंमा गरिने परीक्षणको रिपोर्ट नआएसम्म कोरोना संक्रमित हो–होइन भन्न नसकिने गण्डकी प्रदेश सरकारले जनाएको छ ।

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् ।