देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ट्रम्पले मास्क नलगाउने

देशान्तर

काठमाडौं । नयाँ स्वास्थ्य निर्देशनले अमेरिकी नागरिकहरूलाई अनुहारमा मास्क लगाउन सुझाव दिएको भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले मास्क नलगाउने बताएका छन् ।

शुक्रबार जारी गरिएको मार्गनिर्देशन स्वैच्छिक भएको उनको भनाइ छ । उनले मास्क लगाएर ‘राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानी’ लाई आफूले ‘ओभल अफिस’मा सम्बोधन गरिरहेको हेर्न नसक्ने भएकाले मास्क नलगाउने बताए ।

‘तपाईंहरूले गर्नुपर्दैन’, उनले भने, ‘मलाई लाग्दैन कि मैले पनि गर्नेछु ।’ अमेरिकाको सरकारी स्वास्थ्य सल्लाहकार विभाग ‘रोग नियन्त्रण तथा रोकथाम केन्द्र’ले कोरोना संक्रमणलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई मास्क लगाउने सुझाव दिएको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट ७ हजार जनाको मृत्यु भएको छ भने २ लाख ७० हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ । अमेरिकी स्वास्थ्य निकायहरूले संक्रमित, कोरोना संक्रमितको उपचार र हेरचाहमा संलग्नले मात्र मास्क लगाउनुपर्ने बताउँदै आएका छन् । तर, नयाँ अध्ययनहरूले संक्रमण रोक्नका लागि मास्क लगाउनु महत्वपूर्ण देखाएको छ ।